रामेछाप । रामेछापमा यो वर्षको हालसम्म ११ वटा जबरजस्ती करणीका घटना भएका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को अहिलेसम्म ११ वटा जबरजस्ती करणी र तीन वटा जबरजस्ती करणी प्रयासका घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यो वर्ष आर्थिक वर्षको जेठ १५ गतेसम्मको अवधिमा ११ वटा जबरजस्ती करणी र तीन वटा जबरजस्ती करणी उद्योगका घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक दिलीपकुमार थापाले बताउनुभयो । ‘जिल्लामा घटेका जबरजस्ती करणी घटनाले चिन्तित बनाएको छ, जबरजस्तीका यति धेरै घटना हुनुमा चेतनाको अभाव पनि देखिन्छ’, प्रहरी निरीक्षक थापाले भन्नुभयो । गएको साउन महिना देखी हालसम्म जिल्ला प्रहरीमा दर्ता भएका जबरजस्ती करणीका दश वटा र जबरजस्ती करणी उद्योगका सबै उजुरीको फछ्र्याेट भइसकेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत आर्थिक वर्ष २०७८÷०७९ मा जबरजस्ती करणीका १७ वटा र जबरजस्ती करणी उद्योगका पाँच वटा घटना दर्ता भएको थियो । गत वर्ष वाल यौन दुरुपयोगका तीन वटा घटा दर्ता भएको प्रहरीमा यो वर्षको हालसम्म यस्तो घटना आएको छैन ।
रामेछापमा ११ जबरजस्ती करणीका घटना
- प्रकाशित मिति: बुधबार, जेष्ठ १७ २०८०
- तामाकोशी