हर्षोल्लासले भव्यताका साथ गणतन्त्र दिवस मनाउन जिल्ला प्रशासन रामेछापको आग्रह

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १४ २०८०
  • तामाकोशी

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गणतन्त्र दिवस हर्षोल्लासपूर्वक भव्यताका साथ मनाउन आग्रह गरेको छ । आइतबार एक सूचना प्रकाशन गरी जिल्ला प्रशासन रामेछापले जेठ १४, १५ र १६ गते तीन दिनसम्म हर्षोल्लासपूर्वक भव्यताका साथ गणतन्त्र मनाउन सबैलाई आग्रह गरेको हो । जिल्ला प्रशासनले जारी गरेको सूचनामा जिल्ला स्थित सबै सरकारी, सार्वजनिक एवं सामुदायिक निकाय तथा सङ्घ संस्थाहरूले आ–आफ्नो कार्यालय परिसर एवं ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा स्थलहरुको सरसफाइ सहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने उल्लेख गरिएको छ । त्यसै गरी उक्त स्थानहरूमा राष्ट्रिय झन्डा फहराउने, साँझ दीप प्रज्वलन गर्ने र साँझ घर–घरमा दीपावली गर्ने सूचनामा उल्लेख छ ।