रामेछाप । दश महिनाको अवधिमा रामेछाप जिल्लाबाट छ हजार तीन सय बढी युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म रामेछापबाट छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।
‘दश महिनाको तथ्याङकलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे छ हजार मानिस विदेश गएका छन्, रोजगारीका लागि मलेसिया, यु.ए.ई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमान लगायतका देशमा गएको देखिन्छ’, उहाँले भन्नुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८५९ जनाले पासपोर्ट लिएका छन् ।
यो अवधिमा रामेछापका दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाबाट एक हजार २५० जना महिला र पाँच हजार ९९ जना पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका संयोजक दीपक केसीले बताउनुभयो । मन्थली नगरपालिकाले मंगलबार मन्थलीमा आयोजना गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको पत्रकारसँग अन्तरक्रिया तथा समन्वय बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।‘दश महिनाको तथ्याङकलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे छ हजार मानिस विदेश गएका छन्, रोजगारीका लागि मलेसिया, यु.ए.ई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमान लगायतका देशमा गएको देखिन्छ’, उहाँले भन्नुभयो । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८५९ जनाले पासपोर्ट लिएका छन् । यसमध्ये आठ हजार ४६८ जनाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सूचना केन्द्रबाट परामर्श समेत लिएका छन् ।
मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सिप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको छ’, उहाँले भन्नुभयो । रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा छ । जिल्लाका यी पालिकाहरूमा यो कार्यक्रम २०८१ सालको असार मसान्तसम्म सञ्चालन हुने छ ।