शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

  • प्रकाशित मिति: आइतबार, बैशाख ३१ २०८०
  • तामाकोशी

रामेछाप । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । रामेछापका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा २०७० सालाको निर्वाचनमा रामेछापबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।