रामेछापबाट काठमाडौँ जाँदै बस काभ्रेमा दुर्घटना , १३ घाइते, एक गम्भीर

  • प्रकाशित मिति: आइतबार, बैशाख २४ २०८०
  • तामाकोशी
रामेछाप । रामेछापको गुराँसेबाट काठमाडौँ जाँदै गरेको गरेको बा २ ख ८४१८ नम्बरको बस काभ्रेको चौरीदेउराली  गाउँपालिकामा दुर्घटना भएको छ। चौरीदेउराली–४ सुगुरे खोला नजिकैको मोडमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । थप विवरण आउँ वाकी छ।