आगामी वैशाख १८ गतेदेखि तातोपानी नाका खुल्ला हुने

  • प्रकाशित मिति: आइतबार, चैत्र १९ २०७९
  • तामाकोशी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी वैशाख १८ गतेदेखि खुल्ला हुने भएको छ । चीनले आगामी वैशाख १८ गतेदेखि नेपालसँगका थप दुई व्यापारिक नाका तातोपानी र हिल्सा नाका खुल्ला गर्ने भएको हो । तिव्वतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । रसुवागढी नाका भने शनिवारदेखि नै पुर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका वैशाख १८ गतेदेखि खुलाउने निर्णय भएको मन्त्रालयका सहसचिव डा.नारायणप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार तातोपानी नाका वैशाख १८ गतेबाट दुईतर्फि रुपमा खुल्ला हुनेछ । चीनले तातोपानी नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सुचना समेत पठाएको छ ।