खुम्बु क्षेत्रमा गएको शुक्रवारदेखि निरन्तर हिमपात

  • प्रकाशित मिति: आइतबार, चैत्र १९ २०७९
  • तामाकोशी

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा गएको शुक्रवारदेखि निरन्तर हिमपात भएको छ। नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयो । हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । शनिवार हिजो दिनभर हिउँ परेर आइतबार बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किएको छ । हिउँमा रमाउने पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन् । लामो समयपछि हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी र स्थानीयसहित पर्यटक उत्साहित भएका छन् ।