रामेछाप । रामेछाप जिल्लाभित्रका महत्त्वपूर्ण तीन वटा सडक कालोपत्रे हुने भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले रामेछापका प्रमुख सडक मार्ग विस्तार तथा कालोपत्रेको लागि बजेटसहित बहुबर्षिय योजना स्वीकृत गरेको हो । मन्त्रालयले सदरमुकामबाट स्थानीय तहको प्रमुख सडकहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार लिखुतामाकोशी गाउँपालिकाको हलेदे–धोबी, सिरिसे ढाडे सडक खण्ड लागि २० करोड, लिखु कोरिडोर कोलान्जोर–साँघुटार सडक खण्डका लागि २० करोड र गोकुलगंगा गाउँपालिकाको रस्नालु–ठोसे–गर्जाङ सडक खण्डका लागि २० करोड रुपियाँ बजेट स्वीकृत भएको छ । गोकुलगंगा र लिखुतामाकोसी गाउँपालिकामा हाल सञ्चालनमा रहेका सडकलाई स्तर उन्नति एवं कालोपत्रे गर्ने काम यसै वर्षबाट अघि बढाउने मन्त्रालयले जनाइएको छ । बागमती प्रदेश सरकारबाट हाल रामेछापमा विभिन्न सडक निर्माणाधीन अवस्थामा रहेका छन् ।
रामेछापको महत्त्वपूर्ण तीन सडक कालोपत्रे हुने
- प्रकाशित मिति: बिहिबार, चैत्र २ २०७९
- तामाकोशी