रामेछाप उद्योग वाणिज्य सङ्घको निर्वाचन : १३८७ मा १२५३ मत खस्यो, आज बेलुकाबाट मतगणना हुने

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २७ २०७९
  • तामाकोशी
रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार २५३ मत खसेको छ । सङ्घको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा एक हजार ३८७ मत मध्यबाट एक हजार २५३ मत खसेको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिनुभयो । सङ्घको नयाँ नेतृत्वका लागि मतदान सकिएको र अब सङ्घको भवनमा मतगणना गर्न आवश्यक तयारीका लागि बैठक बसेर आज (शनिवार) बेलुकाबाटै मतगणना सुरु गरिने कार्यकारी अधिकृत केसीले बताउनुभयो । सङ्घको नेतृत्वका लागि नेकपा एमाले निकट व्यवसायीको तर्फबाट नवराज ढुङ्गेल र नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूका तर्फबाट नवीन थापा मगर नेतृत्वको समूह मैदानमा छन् । निर्वाचन परिणामलाई लिएर दुवै समूहको जे जस्तो आकलन भए पनि सङ्घको अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने र अन्य पदाधिकारीहरूमा दुवै समूहबाट मिश्रित रूपमा उम्मेदवारहरू निर्वाचित हुने मतदाताहरूको अनुमान छ ।