रामेछाप । फागुन २७ गते हुने रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनको लागि शुक्रबार मनोनयन दर्ता भएको छ । निर्वाचनको लागि नेकपा एमाले समर्थक व्यवसायीको तर्फबाट हालका महासचिव नवराज ढुङ्गेलको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताको क्रममा नेपाली कांग्रेस र माओवादीको गठबन्धनमा विद्रोह भएको छ । अध्यक्ष पदका लागि कांग्रेसका आधिकारिक उम्मेदवार हालका वरिष्ठ उपाध्यक्ष नवीन थापा मगरसँगै कांग्रेस समर्थक नै रहनु भएका हालका अध्यक्ष केशव घिमिरेले पनि मनोनयन दर्ता गर्नुभएको छ । थापा अध्यक्षमा चुनाव लड्नकै लागि तीन दिन अघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । पदको लागि पार्टीमा आएको भन्दै कांग्रेस वृत्तका व्यवसायीहरू असन्तुष्ट बनेका छन् । यता एमालेबाट वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङले उम्मेदवारी दिनुभएको छ । यस्तै आजीवन सदस्यबाट किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा सन्तोष कठवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायतले उम्मेदवारी दिनुभएको छ ।वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, उद्योग उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा राम शुदिश साह, महासचिवमा कुमार श्रेष्ठ, सचिवमा यज्ञ प्रसाद सुवेदी, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनको आजीवन सदस्यबाट प्रमोदकुमार श्रेष्ठ, महिला सदस्यमा जया सुवेदी र खुल्ला सदस्यमा वासुदेव फुयाँल, अरबिन श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, हरेराम क्षेत्री र राजु श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । रामेछाप उद्योग वाणिज्य संघमा कूल १ हजार ३ सय ८७ जना मतदाता रहेका छन् । निर्वाचनमा १ हजार २ सय बढी मत खस्ने अनुमान गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : एमालेबाट ढुङ्गेलको उम्मेदवारी, कांग्रेस–माओवादी गठबन्धनमा विद्रोह
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन १९ २०७९
- तामाकोशी