रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीवन्दी

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका–८ रामेछाप डाँडामा रहेको जिल्ला कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल तामाङले बताउनुभयो । अहिले रामेछाप कारागारमा १७ जना महिला सहित ३३५ जना कैदी बन्दी छन्,ठाउँ अभावका कारण कैदीको व्यवस्थापनमा चुनौती भइरहेको तामाङले भन्नुभयो । अहिले कारागारको एउटा कोठामा १५ जनासम्म कैदीबन्दीलाई राख्ने गरिएको उहाँले बताउनुभयो ।