मन्थली नगरपालिका–५ सुनारपानीमा च्याउ खेती तालिम

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको विभिन्न वडाहरूले कृषकहरूलाई उद्यमशील बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । किसानलाई उद्यमशील बनाउने उद्देश्यले मन्थली नगरपालिका–५ सुनारपानीले गत सोमबारबाट रामेछाप बहुप्रविधिक शिक्षालयको सहजिकरणमा ६५ दिनको च्याउ खेती सम्बन्धी तालिम सुरु गरेको हो । पछिल्लो समय कम लगानीमै राम्रो उत्पादन गर्न सकिने च्याउको बजार पनि राम्रो भएकाले वडामा च्याउ खेतीमा किसानलाई आकर्षित गर्न तालिम सुरु गरिएको वडा कार्यालयले जनाएको छ । च्याउ खेती सम्बन्धी तालिममा सुनारपानीका २० जना किसानको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । वडाले पछिल्लो समय वडामा विभिन्न तालिम सहित विद्यालय सुधारका कार्यक्रम, छलफल, बिद्यार्थीहरुको स्वास्थ्य जाँच लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।