रामेछापको धोवी चौकी प्रहरीको सक्रियतामा तत्काल सुन लुटेरा महतरा पक्राउ

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १ २०७९
  • तामाकोशी

धोवी । रामेछापको लिखु तामाकोशी गाउँपालिका धोवी चौकी प्रहरीको सक्रियतामा सुन लुटेरा तत्काल पक्राउ परेका छन् । लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ बिजुलीकोटका गोमा महतराको घरमा माघ २६ साँझ ६ बजेको समयमा नगदसहित सुनको गरगहनाहरु चोरी गरेर फरार भएका सोहि गाउँपालिका–३ का १९ बर्षिय लोक बहादुर महतरालाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।

सुन चोरी भएको सूचना प्राप्त गर्नासाथ आफ्नो कमाण्डमा गएको टोलीले खोजतलासको क्रममा सुनको गरगहना सहित लोक बहादुर पक्राउ गर्न सफल भएको धोवी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।



बरामद भएको सामानहरुः
१) जिल्ला रामेछाप लिखुतामाकोसी गा.पा.वडा नं. ३ बस्ने लोक बहादुर महतराको घरबाट नोकिया मोबाईल( १ थान,M5AQ-20DH1810/5 र CARD READER १ थान र पिलास १ थान
२) हरियो रंगको झुपा २ र रातो रंगको झुपा ४ थान गरी जम्मा ६ झुप्पा पोते (सुन बाहेक)
३) सुन जस्तो देखिने पहेलो धातुले बनेको तिलहरी ४ थान, कानमा लगाउने ढुंग्री २ थान, सुनको सातगेडी सानो खाले ७ थान, सुनको मंगेलसुत्र सानो १ थान
४) पुजा शंख १ थान ।