मन्थली नगरपालिकालाई आगलागी तथा डढेलो नियन्त्रण गर्ने उपकरण प्रदान

  • प्रकाशित मिति: आइतबार, माघ २९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँले आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धी विभिन्न उपकरणहरू प्रदान गरेको छ । प्राधिकरणले मन्थली नगरपालिकालाई आगलागी तथा डढेलो नियन्त्रण गर्न अत्यावश्यक पर्ने उपकरणहरू आइतबार प्रदान गरेको हो । प्राधिकरणले आगलागी तथा डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने पोर्टेवल फायर पम्प, फायर स्वाटर, फायर ¥याक, बेल्चा, प्राथमिक उपचारका सामानहरू, जम्प सुट, फायर बुट, हेलमेट, हेड टर्च लगायतका उपकरणहरू दिएको नगरपालिकाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणले खोज तथा उद्धार सामग्री अन्तर्गत खरिद गरिएको उपकरणहरू मन्थली नगरपालिकाबाट माग भए बमोजिम प्रदान गरेको हो।