रामेछाप । रामेछापको मन्थली नगरपालिकाले कृषकहरूलाई पशुपालनमा केन्द्रित गरी उद्यमशील बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले वडा नं ३ कठजोर अर्चलेका पशुपालन कृषकहरूलाई पशुपालन सम्बन्धी ७ दिने तालिम प्रदान गरेको छ । नगरपालिकाले व्यावसायिक रूपमा पशु पालन गरिरहेका अर्चलेका १९ जना कृषकहरूलाई माघ २२ गतेदेखि २८ गतेसम्म ७ दिनको तालिम दिएको हो । तालिमको शनिवार मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले समापन गर्नुभएको छ । तालिमको समापन गर्नुहुँदै नगर उपप्रमुख बस्नेतले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतारेर अनुदानको पछि नलागी सक्दो प्रयासमा आफनै लगानीमा व्यवसाय सञ्चालन गरी उद्यमशीलता बन्न किसानहरूलाई सुझाव दिनुभयो । आफूले सञ्चालन गरेको उद्यमशीलताबाट भावी पुस्तालाई काम सानो ठुलोका आधारमा नहुने प्रेरणा प्रदान गर्न दिगो रूपमा पशुपालन गरी उद्यमशीलतातिर लाग्न उहाँको आग्रह गर्नुभयो । तालिममा सहभागी कृषकहरूलाई आधुनिक अनि सफल कृषक बन्ने उपाय, पशु स्वास्थ्य र उपचार, गोठ तथा मलमूत्र व्यवस्थापन लगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
मन्थली नगरपालिका–३ कठजोर अर्चलेमा ७ दिने पशुपालन तालिम सम्पन्न
- प्रकाशित मिति: शनिबार, माघ २८ २०७९
- तामाकोशी