रामेछाप । हिजो आइतबार पोखराको सेती नदीको खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल सहित ७२ जनाको चिर शान्तिको कामना गदै नेपाल पत्रकार महासङ्घ रामेछापले दीप प्रज्वलन गरेको छ । पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले सोमबार साझ मन्थली स्थित देवकोटा चोकमा विमान दुर्घटनामा ज्यान गुमाएका केन्द्रीय सदस्य पौडेल सहित ७२ जनाको सम्झनामा ७२ वटा दीप प्रज्वलन गरेर मृतात्माको चिर शान्तिको कामना गरेको हो । महासङ्घले १२ औँ दिनसम्म हस्ताक्षर गर्न सकिने गरी शोक पुस्तिका पनि राखेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले देशभरका जिल्ला शाखाहरूले दीप प्रज्वलन गरी विमान दुर्घटनामा ज्यान गुमाएको केन्द्रीय सदस्य पौडेल सहित ७२ जनाको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको थियो ।
विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा रामेछापमा दीप प्रज्वलन
- प्रकाशित मिति: सोमबार, माघ २ २०७९
- तामाकोशी