रामेछाप । सदरमुकाम मन्थली सञ्चालित दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सदरमुकाम मन्थलीमा मन्थली नगर पालिकाकी उप प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि बस्नेतले साधारण सभाका अवसरमा सञ्चालक र शेयर सदस्य सबै दिदी बैनीहरूलाई शुभकामना दिनु हुँदै कोसा संस्थागत विकासका लागि आफूले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । सदरमुकाममा रहेको एक मात्र महिलाहरूको सहकारीको विकासलाई सृजनशीलता र सिपमा जोडेर महिलाहरूलाई स्वआर्जन तर्फ सिप मूलक तालिम तर्फ उन्मुख गराउँदै अघि बढ्न पनि नेतृत्वलाई सुझाव दिनुभयो । दिदी बैनी कोसा सहकारी अभियानले उनीहरूको क्षमता तथा नेतृत्व विकासमा पनि निकै सहयोग पुगेको भन्दै यसको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने तत्पर रहेको उहाँको भनाइ छ ।
साकोसकी अध्यक्ष सविता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँ घरे,जिल्ला बचत सङ्घका उपाध्यक्ष शिवराज श्रेष्ठ,नेफस्कुन फिल्ड कार्यालय रामेछापका प्रमुख सूर्य बहादुर थापा,संस्थाकी उपाध्यक्ष लक्ष्मी थापा, शेयर सदस्य शान्ता सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो । साधारण सभाले सचिव कल्पना सत्यालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन,कोषाध्यक्ष यशोदा घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक पार्वती पाठकले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन पनि पारित गरेको छ ।
२०६९ सालमा २५ जना महिला हरुले सुरु गरेको उक्त साकोसमा हाल ३ सय ३१ जना शेयर सदस्य पुगेको जानकारी पनि सो अवसरमा गरार्ईएको थियो । आफूलाई संस्थागत विकासमा अब्बल बनाउने अभियानमा रहेको उक्त सासकोले यस बर्ष कुल १ लाख ४१ हजार ३ सय रुपैयाँ मुनाफा गर्न सफल भएको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको कुल निक्षेप ४६ लाख ५० हजार ९ सय ७८ रुपैयाँ र कुल लगानी ४० लाख १५ हजार रुपैयाँ रहेको पनि सो अवसरमा जानकारी गराईएको थियो । साधारण सभाका अवसरमा संस्थागत विकासमा आरम्भबाटै सहयोग पु¥याए बापत संस्थापक अध्यक्ष कविता सुवेदी,संस्थापक उपाध्यक्ष कोपिला घिमिरे र ज्येष्ठ सदस्य मध्यबाट बद्रीका भुजेललाई प्रमुख अतिथि बस्नेतले दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।
दिदी बहिनी महिला साकोसको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
- प्रकाशित मिति: आइतबार, पुष १७ २०७९
- तामाकोशी