विकासका लागि आत्मनिर्भर अर्थतन्त्र आवश्यक छ : अध्यक्ष ज्ञानकुमार श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, मंसिर २९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय तहको विकासका लागि आत्मनिर्भर अर्थतन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार सदरमुकाम मन्थलीमा आयोजित नेपाल पत्रकार महासङ्घ रामेछापको १९ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसका लागि कृषिमा आमूल परिवर्तन आवश्यक रहेकाले सोही अनुसार खाँडादेवी गाउँपालिकाले कृषि क्षेत्रको विकासमा काम गरिरहेको उहाँको भनाइ छ । गाउँपालिकालाई आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि शिक्षा क्षेत्रकोको विकास गरी निजी विद्यालय सरह सामुदायिक विद्यालय बनाउने, स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकाले टेलि मेडिसिन सेवा सुरु गर्ने उहाँको भनाइ छ । जनताको चाहाना अनुसार गाउँपालिकाको विकास गर्न खाँडादेवी गाउँपालिकाले पूर्वाधार विकासलाई चौथो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।