रामेछाप । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले महिलाहरू उद्यमी र उत्पादनशील हुनु पर्नेमा जोड दिनुभएको छ । आइतबार सदरमुकाम मन्थलीमा घरेलु तथा साना उद्योग महिलाहरूका लागि आयोजित खानेपानी तथा सरसफाइ विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले यस्तो बताउनुभएको हो । पर्याप्त इच्छाशक्ति भएमा महिलाहरूले सबै काम सक्ने भएकाले हरेक महिला उत्पादनशील बन्नुपर्नेमा उहाँको जोड छ । महिलाहरूलाई आवश्यक सिप प्रदान गरी घरेलु उत्पादनशील बढाउन आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । सीपमूलक तालिमहरू लिएका महिलाहरूलाई निष्क्रिय नभै व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । आफू निर्वाचित भएर आएको ६ महिनामा विभिन्न वडाहरूमा उद्यम विकास सम्बन्धी तालिमहरू सञ्चालन गरिएको बताउनुभयो । घरेलु तथा साना उद्योगहरू सञ्चालन गरी उत्पादन बढाउने योजनाहरू लिएर मन्थली नगरपालिका आउन समेत उहाँले महिलाहरूलाई आग्रह गर्नुभयो ।
महिलाहरू उद्यमी र उत्पादनशील बन्नुपर्छ : उपप्रमुख बस्नेत
- प्रकाशित मिति: आइतबार, मंसिर १८ २०७९
- तामाकोशी