रामेछापमा ५ प्रतिशत भन्दा बढी मत बदर

  • प्रकाशित मिति: मंगलबार, मंसिर १३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा ५ प्रतिशत भन्दा बढी मत बदर भएको छ । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नबन्दा ५ प्रतिशत भन्दा बढी मत खेर गएको हो । निर्वाचनमा प्रतिनिधिसभा तर्फ खसेको ८८ हजार मतमा ५ प्रतिशत भन्दा बढी ४ हजार ७८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसै गरी प्रदेशसभा सदस्य क्षेत्र नं १ मा पनि ४ प्रतिशत भन्दा बढी मत बदर भएको छ । प्रदेश सभा क्षेत्र नं १ मा खसेको ४१ हजार ७९६ मतमा एक हजार ७५२ बदर भएको छ । त्यसै गरी प्रदेशसभा सदस्य क्षेत्र नं २ मा ३ प्रतिशत भन्दा बढी मत बदर भएको छ । प्रदेशसभा सदस्य क्षेत्र नं २ मा ४६ हजार ७६९ मत खसेकोमा एक हजार ५ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ पनि ५ प्रतिशत भन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभा तर्फ एक निर्वाचन क्षेत्र रहेको रामेछापमा ८९ हजार ४७३ मत खसेकोमा ४ हजार ६५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । त्यसै गरी प्रदेशसभा अन्तरगत समानुपातिक तर्फ सबै भन्दा बढी ६ प्रतिशत भन्दा बढी मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यमा समानुपातिक तर्फ खसेको ८८ हजार ५२७ मतमा ५ हजार ७५० मत बदर भएको छ ।