रामेछापमा आज साँझबाट मतगणना सुरु हुने

  • प्रकाशित मिति: सोमबार, मंसिर ५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सोमबार साँझबाट हुने भएको छ । सोमबार बिहानसम्म सबै मतपेटिका सङ्कलन गरिएको र सोमबार दिउँसो सर्वदलीय बैठक बसेर साँझबाट मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि तार जाली सहितको छुट्टा छुट्टै मतगणना स्थल तयार गरिएको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा रामेछापमा ८८ हजार ७५७ मत खसेको छ । जिल्लामा यो निर्वाचनमा एक लाख ८० हजार १०६ जना मतदाता रहेका थिए । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ५ जना स्वतन्त्र सहित २२ जना उम्मेदवार रहेका छन् । प्रदेश १ मा ११ जना र ख मा १२ जना उम्मेदवार रहेका छन् ।