रामेछापमा मतदान गर्ने बित्तिकै वृद्धको निधन

  • प्रकाशित मिति: आइतबार, मंसिर ४ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा मतदान गरेपछि एक वृद्धको ज्यान गएको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किएका एक मतदाताको ज्यान गएको हो । बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको मतदान गर्ने बित्तिकै निधन भएको हो । मतदान गरिसके पछि अचानक बेहोस हुनुभएका सुनुवारलाई उपचारको लाग अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमा ज्यान गएको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले बताउनुभयो ।