सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा निर्वाचनको लागि खटिएका एक मतदान अधिकृत सुतेकै ठाउँमा ज्यान गएको छ ।सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिनुभएका राय शुक्रबार राति खाना खाएर सुत्नुभएको थियो । मतदान केन्द्रमा सुत्नुभएका रायलाई बिहान अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिनुभयो । मुटु रोग र सुगरको दीर्घ रोगी हुनुहुन्थ्यो ।
मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए
- प्रकाशित मिति: शनिबार, मंसिर ३ २०७९
- तामाकोशी