रामेछापको प्रदेशसभा क मा एमालेको चुनावी प्रचार प्रसार सुरु, सुनारपानीका ४७ जना एमाले प्रवेश

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेले रामेछाप प्रदेशसभा क को चुनावी प्रचार प्रसार कार्यक्रम मंगलबारबाट सुरु गरेको छ । प्रदेश सभा क को चुनावी प्रचार प्रसार मन्थली नगरपालिका वडा नं ५ सुनारपानीबाट सुरु गरिएको एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार एमालेले सुनारपानीमा कोणसभा कार्यक्रमको आयोजना गरी चुनावी प्रचार प्रसार कार्यक्रमको सुरुवात गरेको हो । सुनारपानी पार्टी वडा कमिटीका अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा मङ्गलवार सम्पन्न कोणसभाबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका पार्टी परित्याग गरी ४७ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले रामेछापका उपसचिव कार्कीले बताउनुभयो । पार्टी परित्याग गरी एमालेमा आउनेहरूलाई एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल र प्रदेश सभा प्रत्यक्ष तर्फका उम्मेदवार शान्ति प्रसाद पौडेलले अबिर र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रका मन्थली नगरपालिका–५ सुनारपानी वडा कमिटी अध्यक्ष पहलमान कार्की, नेता शिव श्रेष्ठ लगायत १८ जना, नेकपा एकीकृत समाजवादीका नेता भुवन पहरी सहित १० जना र नेपाली काँग्रेस सुनारपानी वडा समितिका सदस्य कवि कार्की, बाबुराम कार्की लगायतका ४७ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।