रामेछाप । चुनावको बेला उम्मेदवारले मतदाता प्रभावित पार्न हल्का फुल्का आश्वासन दिनु सामान्य हो । तर रामेछापमा सत्ता गठबन्धनका एकजना उम्मेदवारले मतदातालाई आफूतिर आकर्षित गर्न हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याएका छन् । गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)ले गरीव दुःखीलाई विरामी पर्दा काठमाडौं लैजान आफूले व्यक्तिगत खर्चमा हेलिकोप्टर किनिसकेको बताएका छन् । उनले अब रामेछापका विरामीलाई आफ्नो हेलिकोप्टरले तत्कालै उद्दार गर्ने आश्वासनसमेत दिएका छन् । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कान्छारामले आफूले हेलिकप्टर भाडामा लिँदा धेरै खर्च गर्नुपरेकाले अब प्राइभेट हेली किनेको बताए । कान्छाराम क वर्गका ठेकेदार हुन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।
आफूतिर आकर्षित गर्न हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने कान्छारामको आश्वासन
- प्रकाशित मिति: सोमबार, असोज ३१ २०७९
- तामाकोशी