रामेछाप । नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट रामेछाप प्रदेश सभा (ख) का उम्मेदवार युवराज चौलागाईंले जनताका चाहाना अनुसार आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहनुभएका चौलागाईंले रामेछाप प्रदेश सभा (ख) मा माओवादी केन्द्रको राम्रो उपस्थिति रहेको र गठबन्धनमा रहेका अन्य दलहरूको पनि राम्रो मत भएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयो । निर्वाचनमा विजयी भएपछि प्रदेशबाट जनताका पक्षमा गर्न सकिने विकास निर्माण, जनसेवा, प्रशासन सुधार, सुशासन लगायतका काममा आफ्नो जोड रहने उहाँले बताउनुभयो । भौतिक विकासको मात्रै नभएर आम पिछडिएका जनता, जाति, क्षेत्रहरूको सबलीकरणका लागि राजनीतिको मूल प्रवाहमा ल्याउने कुरामा आफ्नो जोड रहने उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य जस्ता मानव विकासका महत्पूर्ण विषयहरू र ठुला गौरवका आयोजनाहरू निर्माणमा आफ्नो ध्यान जाने उहाँको भनाइ छ । उहाँले रामेछापको भौतिक तथा मानवीय विकासको सन्तुलित अभियान चलाउन आफ्नो सशक्त भूमिका रहने बताउनुभयो ।
रामेछापको भौतिक तथा मानवीय दुवैको सन्तुलित विकासमा लाग्छु : युवराज चौलागाईं
- प्रकाशित मिति: सोमबार, असोज २४ २०७९
- तामाकोशी