बजार अनुगमनमा कडाइ हुन्छ : प्रजिअ रेग्मी 

  • प्रकाशित मिति: शुक्रबार, असोज १४ २०७९
  • तामाकोशी

रामेछाप रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बजार अनुगमनमा कडाइ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि विहीबार पत्रकारहरूसँगको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । जिल्लाको बजार क्षेत्रहरूमा मूल्यवृद्धि, मूल्य सूची लगायतका गुनासाहरू आएकाले सरोकारवाला सँग समन्वय गरी कडाइका साथ बजार अनुगमन गर्ने उहाँको भनाइ छ । कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरणमा विभिन्न समस्याका कारण ढिलाइ भएकाले कसरी हुन्छ छिटो भन्दा छिटो नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नेतिर आफ्नो ध्यान जाने उहाँले बताउनुभयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन आवश्यक शान्ति सुरक्षालाई ध्यानमा राखेर काम गर्ने उहाँको भनाइ छ ।