गायक तथा सर्जक उत्तम पौडेलको खुर्कोट बजारमा सार्वजनिक (भिडियो सहित )

  • प्रकाशित मिति: सोमबार, असोज १० २०७९
  • तामाकोशी

गायक तथा सर्जक उत्तम पौडेलले पूर्वेली लोकगीत “खुर्कोट बजारमा” सार्बजनिक गरेका छन ।
रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका गायक पौडेलको आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा गायक स्वयं र चर्चित पूर्वेली गायिका सुनिता थेगिमको स्वर रहेको छ ।
बिशान्त् क्रीयसन युट्यूब च्यानल मार्फत सार्बजनिक भएको सो गीतको रेकर्डिङ ए प्लस रेकर्डिङ स्टुडियोमा भएको हो । यसको एरेञ्ज देवेस राईले गरेका छन भने भिडियो सम्बन्धी ब्यबस्थापन कृष्ण राईले, इडिटिङ गंगाराम राई र अर्जुन खड्काले गरेका छन ।
रामेछाप साँस्कृतिक कलाकार समाजद्वारा असोज ९ गते आयोजित रामेछाप साँस्कृतिक साँझ – दशैँ विशेष कार्यक्रममा गीतको बिमोचन गर्दै गायक तथा सर्जक पौडेलले पूर्व खोटाङको दिक्तेल बजार र खुर्कोट बजारको शीर्षक रहेको उक्त गीत बिपी राजमार्ग हुँदै काठमाडौँबाट पूर्व जाने रुटका सम्पूर्ण दर्शक स्रोतामाझ एउटा फरक शैलीको कोसेली पस्किने कोशिस गरिएको बताए ।