रामेछाप । सातौँ संविधान दिवसका अवसरमा सोमबार मन्थली नगर युवा परिषद्ले मन्थली बजारमा सरसफाइ गरेको छ । सो अवसरमा मन्थली बजारको सडक तथा नाला सरसफाइ गरिएको मन्थली नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, मन्थली नगरपालिका–३ का वडाध्यक्ष कृष्णगोपाल थापा, स्थानीयवासी, सामाजिक अभियन्ता, मन्थली सांस्कृतिक युवा समाज हाटे चउर, टोल विकास समितिका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाको सहभागिता रहेको भट्टराईले बताउनुभयो । मन्थली नगरपालिका–१ को मदन आश्रित स्मृति चोकबाट सुरु भएको सफाइ अभियान बीपी चोक, देवकोटा चोक, मन्थली कटहर बोट हुँदै नगरपालिका गेट मनमोहन चोकमा पुगेर सम्पन्न भएको थियो । सांकेतिक रूपमा गरिएको सफाइले स्थानीयवासी सर सफाइमा प्रेरणा मिल्ने विश्वास लिइएको भट्टराईले बताउनुभयो ।
सातौँ संविधान दिवसमा मन्थली बजार सरसफाइ
- प्रकाशित मिति: सोमबार, असोज ३ २०७९
- तामाकोशी