रामेछापका १४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ३१ २०७९
  • तामाकोशी

रामेछाप । यो वर्ष रामेछापका १४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छानिएका छन् । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न र गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा भवन, बालविकास केन्द्र निर्माण, तला थप, शौचालय निर्माण लगायतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट विनियोजन गर्ने गरेको छ । त्यसैगरी सामुदायिक विद्यालयमा खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामग्री, शैक्षिक सामग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास लगायतमा बजेट विनियोजन गर्दै आएको छ ।
यो वर्ष रामेछाप जिल्लाका सात स्थानीय तहका १४ वटा विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । उहाँका अनुसार मन्थली नगरपालिकाबाट दुई वटा, रामेछाप नगरपालिकाबाट दुई वटा, गोकुलगङ्गा गाउँपालिकाबाट दुई वटा, खाँडादेवी गाउँपालिकाबाट दुई वटा, लिखुतामाकोसी गाउँपालिकाका दुई वटा , दोरम्बा सैलुङ गाउँपालिकाका दुई वटा र सुनापति गाउँपालिकाबाट दुई वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । यो वर्ष उमाकुण्ड गाउँपालिकाबाट भने कुनै पनि विद्यालय यो कार्यक्रमका लागि छनोट भएको छैन उहाँले भन्नुभयो । रामेछापमा गत वर्ष ४३ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छानिएका थिए