रामेछाप । बढ्दो डेङ्गु रोगको संक्रमणलाई ध्यानमा राखेर रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल परिसरमा सरसफाइ गरिएको छ । मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ समेतको सहभागितामा विहीबार डेङ्गु रोगको संक्रमणलाई न्यूनिकरण गर्ने र सार्वजनिक स्थल , कार्यालयहरू सँगसँगै निजी घरहरू सरसफाइ राख्ने अभियान अन्तरगत अस्पताल क्षेत्रको सरसफाइ गरिएको हो । विहीबार बिहान मन्थली नगरप्रमुख श्रेष्ठ, मन्थली नगरपालिका.–१ वडा अध्यक्ष होमप्रसाद पौडेल, मन्थली नगर युवा परिषद, स्वास्थ्य प्रमुख, स्वास्थ्यकर्मीहरूले अस्पताल क्षेत्रमा सरसफाइ गरेका हुन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिले रामेछापमा डेङ्गु रोगको संक्रमण बढिरहेको छ । रामेछापमा अहिलेसम्म २५ जना भन्दा बढीलाई डेङ्गु संक्रमण पुष्टि भैसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि आएका १६ जना र मन्थली अस्पतालमा उपचार गर्न आएका ९ जनामा डेङ्गु भेटिएको छ । डेङ्गु पुष्टि भएका २५ जना बिरामी मध्य १८ जना निको भैसकेका छन् ।

डेङ्गु संक्रमणलाई न्यूनिकरण गर्ने अभियान अन्तरगत मन्थली अस्पताल सरसफाइ
- प्रकाशित मिति: बिहिबार, भाद्र ३० २०७९
- तामाकोशी