प्रतिनिधिसभा टिकटका लागि रामेछाप एमालेबाट पाँच जनाको नाम सिफारिस

  • प्रकाशित मिति: सोमबार, भाद्र २० २०७९
  • तामाकोशी

रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य प्रत्यक्षका लागि नेकपा एमाले रामेछापले पाँच जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले बागमती प्रदेश सभा सदस्य समेत रहनुभएको एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल सहित पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले एमाले केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतम, कमलप्रसाद चौलागाईँ र केशरबहादुर बुढाथोकीको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, नाम्गेल शेर्पा, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ । बैठकले प्रदेश सभा क निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ शान्तिप्रसाद पौडेल, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, पर्शुराम बस्नेत, अनिल कार्की, कुमार कार्की, बुद्धिबहादुर कार्की र केशर पौडेलको नाम सिफारिस गर्दा समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा प्रेमबहादुर तामाङ भुवन विक्रम घिमिरे, इन्द्रबहादुर तामाङ, मिलन घिसिङ र रविन्स लामाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ । रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुनेछ ।