रामेछापको प्रदेश सभा क निर्वाचन क्षेत्रको टिकटका लागि एमालेबाट ८ जना सिफारिस

  • प्रकाशित मिति: आइतबार, भाद्र १९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले सोमबारसम्मका सङ्घ र प्रदेश सभा टिकटका लागि दाबी गर्नेहरूको नाम सिफारिस गर्ने भएको छ । सोमबार बस्ने जिल्ला कमिटीको बैठकले एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यको टिकटका लागि नाम सिफारिस गर्ने एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो । आइतबार बसेको प्रदेश सभा क क्षेत्र समन्वय कमिटीको बैठकले उम्मेदवारी दाबी गर्नेहरू ८ जनाको नाम सिफारिस गरेको उहाँले । उहाँका अनुसार प्रदेश सभा क क्षेत्रबाट हालका सांसद शान्तिप्रसाद पौडेल, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, पर्शुराम बस्नेत, अनिल कार्की, कुमार कार्की, बुद्धिबहादुर कार्की र केशवराज पौडेलको नाम सिफारिस भएर जिल्ला कमिटीमा आएको छ । उहाँका अनुसार सोमबार बस्ने जिल्ला कमिटीको बैठकले एक प्रतिनिधि सभा सदस्य र दुई वटा प्रदेश सभा सदस्यको टिकटका लागि नाम सिफारिस गर्नेछ ।