रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकाले एकै चरणमा ठुलो मात्रामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सूचना प्रकाशन गरी एकै चरणमा ६६ जना कर्मचारी माग गरेको हो । गाउँपालिकाले ६७ जनामध्ये श्रेणी विहीन २२ जना कार्यालय सहयोगी र ४ जना हलुका सवारी चालक कर्मचारी माग गरेको छ । गाउँपालिकाले माग गरेको कार्यालय सहयोगी र हलुका सवारी चालक कर्मचारीले लिखित परीक्षा दिनुनपर्ने गाउँपालिकाले जारी गरेको कर्मचारी मागको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले इन्जिनियर सातौँ एक जना, सूचना तथा प्रविधि अफिसर सातौँ एक जना, रोजगार संयोजक सातौँ एक जना माग गरेको छ । त्यसैगरी, सबइन्जिनियर पाँचौँ एक जना, प्राविधिक सहायक पाँचौ एकजना, रोजगार सहायक पाँचौ एक जना, प्राविधिक सहायक कृषि पाँचौँ एक जना, प्राविधिक सहायक पशु पाँचौँ एक जना र हेल्थ असिस्टेन्ट पाँचौ चार जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले अहेब चौथो ६ जना, अनमी चौथो ७ जना, नायब सहयाक कृषि चौथो दुई जना, नायब प्राविधिक सहायक पशु चौथो दुई जना, सहायक कम्प्युटर अपरेटर चौथो ८ जना , असिस्टेन्ट सबइन्जिनियर चौथो ४ जना कर्मचारी माग गरेको छ ।
