रामेछापको मन्थली–काठमाडौं बिजुली बस सञ्चालन

  • प्रकाशित मिति: बुधबार, भाद्र १५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँसम्म बिजुली बस सञ्चालनमा आएको छ । दोलखा भिमेश्वर यातायात प्रालीले बुधबारबाट काठमाडौँदेखि मन्थली हुँदै दोलखाको मालुखोलासम्म चल्ने गरी बिजुली बस (माईक्रो÷हायस) सञ्चालनमा ल्याएको हो । बुधबारबाट रुट परमिट लिएर गाडी सञ्चालनमा आएको दोलखा भिमेश्वर यातायात प्रालीका प्रतिनिधि सुदिप थापाले जानकारी दिनुभयो । थापाका अनुसार १२ सिट क्षमताको यो बिजुली बसको भाडा पनि सस्तो हुनेछ । हाल डिजेलबाट चल्ने हायस गाडीले काठमाडौँबाट मन्थली सम्मको भाडा प्रति व्यक्ति ७ सय रुपैयाँ लिँदै आएकोमा बिजुली बसले यो भन्दा केही कम लिनेछ । भाडादर भने कम्पनीको बैठक बसेर टुंगो लगाईने बताईएको छ । यो बिजुली बस एक पटकको फूल चार्जमा २५० किलोमिटर निर्धक्क सँग गुड्ने बताईएको छ । रामेछापमा यसअघि पनि मालुखोला–मन्थली हुदै काठमाडौंसम्म बिजुली बस सञ्चानमा आएको थियो । २०७७ असोज २ गतेबाट भवलक्ष्मी यातायात सेवाले सञ्चालनमा ल्याएको बिजुली बस केहीदिन सञ्चालनपछि बन्द भएको थियो ।