माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक रामकुमार पौडेल एमाले प्रवेश

  • प्रकाशित मिति: बुधबार, भाद्र १५ २०७९
  • तामाकोशी

सिन्धुली । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजन रामकुमार पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको बृहत् सभामा सम्बोधन गर्न पुग्नुभएका एमाले माहासचिव शंकर पोख्रेलले पौडेललाई पार्टी प्रवेश गराउनुभएको छ । भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहनुभएका जिल्ला संयोजक पौडेल सहित केन्द्रीय सदस्य मिथुला फुयाल, मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकी लगायत सयौ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।