रामेछाप । नेकपा एमाले रामेछाप गोकुलगंगा–काठमाडौं सम्पर्क मञ्चले गोकुलगंगा गाउँपालिका–२ ठोसेको एकानफेदीका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । सम्पर्क मञ्चले संकलन गरेको सहयोग बुधबार पीडित परिवारलाई गाउँमा नै गएर हस्तान्तरण गरिएको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो । एमाले वाग्मती प्रदेश सचिवालय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल, एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य खड्ग सुनुवार, जिल्ला सचिव पुरुषोत्तम कँडरिया, सम्पर्क मञ्चका अध्यक्ष प्रकाश कार्की लगायतको टोलीले पीडितलाई गाउँमा पुगेर रकम हस्तान्तरण गरेको हो । पीडित पाँच परिवारलाई कूल ९५ हजार रुपैँया प्रदान गरिएको छ । जसमध्ये सन्तोष रोका र ज्ञानबहादुर रोकालाई ३०÷३० हजार, धनलक्ष्मी गुरागाईँलाई १५ हजार, रमेश रोका र हरिबहादुर खत्रीलाई १०÷१० हजार रुपैँया प्रदान गरिएको छ । यसैगरी स्थानीय काठे पुल मर्मतको लागि ६ हजार ५ सय २५ रुपैँया प्रदान गरिएको कँडरियाले जानकारी दिनुभयो ।
ठोसेका बाढी पहिरो पीडितलाई एमाले सम्पर्क मञ्चको आर्थिक सहयोग
- प्रकाशित मिति: बुधबार, भाद्र ८ २०७९
- तामाकोशी