सिन्धुली । गत स्थानीय तह निर्वाचनमा गठबन्धनका विच पालिका गुमाएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सत्ता गठबन्धन दलका मुख्य घटकहरू कांग्रेस, माओवादी र एकीकृत समाजबादीबाट सयौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धनलाई थप धक्का लाग्ने भएको छ । शनिबार गोलन्जोर गाउँपालिकाको एउटै वडाबाट डेड सय भन्दा बढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको गोलन्जोर गाउँपालिका कमिटीका सचिवालय सदस्य दिनानाथ न्यौपाने, पूर्व जनसरकार प्रमुख प्रेम प्रसाद पहाडी एकीकृत समाजवादी जिल्ला सदस्य ठाकुर प्रसाद न्यौपाने, नेपाली कांग्रेस सास्कृतिक संघका लिला बहादुर सुनुवार, गाउँपालिका सदस्य लाल बहादुर सुनुवार, नेकपा माओवादीका खड्ग बहादुर थापा मगर, हर्क बहादुर थापा मगर, हेमबहादुर थापामगर, सरिता थापामगर, नन्दमाया न्यौपाने, गणेश भुजेल, सम्भु भुजेल, देवीबहादुर श्रेष्ठ, उमेश न्यौपाने, सानोबाबु न्यौपाने, राजेन्द्र न्यौपाने, सचिन भुजेल, जनक थापा, चित्र बहादुर श्रेष्ठ, धन बहादुर चौहान, कुमार श्रेष्ठ, थिरबहादुर थापा, धनबहादुर आछामी, होमबहादुर नेपाली, बुद्धिमान नेपाली, तारा नेपाली लगायत रहेका छन् । त्यस्तै राष्ट्रिय कर्मचारी सङ्गठनका सचिन न्यौपाने पनि नेपाली निजामती कर्मचारी सङ्गठनमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट रमेश चौहान, युवराज भुजेल, सिरोमणि न्यौपाने, लालबहादुर सुनुवार, यामबहादुर सुनुवार, सुनिल माझी, सविन माझी, सिताकुमारी माझी, जमुना माझी, नविन माझी, मिनबहादुर माझी, अप्सरा रम्तेल, केदार चौहान, हेमबहादुर चौहान, एकबहादुर चौहान, लगायत रहेका छन् ।
नेकपा एमाले बागमती प्रदेश सदस्य, क्षेत्र नं. २ को ख का प्रदेश माननिय प्रदिप कटुवालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको आयोजना गोलनजोर गाउँपालिका वडा नं. १ डुडभञ्ज्याङ भएको पार्टी प्रवेश कार्यक्रममा अझै सयौँको सङ्ख्यामा पार्टी प्रवेश गर्न इच्छुक देखिएका भएपनि गठबन्धन दलहरूले बल प्रयोग गरेर कार्यक्रम स्थलमा जान नै नदिएर धेरैलाई एमाले प्रवेश गर्नबाट रोकेको स्थानीयवासीहरूले बताए । नव प्रवेशीहरूले गठबन्धन दल विदेशीको दलाल भएको, नागरिकता जस्तो राष्ट्रिय विषयमा गम्भिर नबनेको, भारतमा बैठक गरेर नागरिकता विधेक पास गरेको, राष्ट्रपतिले सन्देश सहित सुधारको मौकादिदा पनि घमण्ड देखाएर राष्ट्रियको सवाललाई अनावश्यक राजनीतिकरण गरेको र राष्ट्रपतिसँग इगो बनाएको आरोप लगाएका छन् । त्यसैगरी विकास निर्माण भन्दा नेता कार्यकर्ता व्यवसायिक घराना पोष्न तर्फ लागेको, आधारभूत जनताको पक्षमा सरकारमा बसेको एक वर्ष सम्म पनि कुनै सिन्को भाच्न नसकेको, किसानले मल बिउ समेत समयमा नपाएको ले गठबन्धन बाट देश अगाडि बढ्न नसक्ने भन्दै आगामी निर्वाचनमा जनतालाई वेवास्ता गर्ने गठबन्धन लाई पराजित गर्न आफूहरु एमालेमा प्रवेश गरेको र गोलन्जोर अन्य वडाहरुमा पनि पार्टी प्रवेश कार्यक्रम आयोजना गरेर एमालेलाई थप बलियो बनाउने तर्फ लागेको उनिहरुले बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई असफल पार्न गाउँपालिका उपाध्यक्ष एव गोलन्जोर गउँपालिकाका माओवादी नेता ज्वाला प्रसाद न्यौपाने पुकार र वडा नंं १ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष सोम प्रसाद बरालले हर सम्भाव प्रयास गरेको भएपनि धेरै नेता कार्यकर्ताले माओवादी, कांग्रेस र यो सत्ता गठबन्धन जनताको समस्यामा अलिकति पनि जिम्मेबार नभएकाले यस्तो दलमा वस्न नैतिकताले नै नदिने भन्दै एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रदेश सांसाद कटुवालले एमालेले केपि ओली नेतृत्वको तीन वर्षे सरकार कालमा धेरै राम्रा विकास निर्माण र जनताका आधारभूत आवश्यकता पूर्तिका लागि व्यवस्थित र योजनाबद्ध ढंगले काम गरेकै कारण गत स्थानीय तह निर्वाचनमा पाँच दल सँग एक्लै भिड्दा पनि सम्मानजनक जित हासिल गरेको भन्दै अगामी संघिय निर्वाचनमा स्थानीय तहको भन्दा राम्रो नतिजा आउने बताउनु भयो । पालिका अध्यक्ष शंकर बरालले गठबन्धन दलहरूले मिलेर भ्रष्टचार गरेकाले सुसानका लागि एमालेलाई मत दिएर जिताउनु पर्ने र त्यसका लागि पार्टी प्रवेश गरेर एमालेमा सक्रिय हुन सबैलाई आह्वान गर्नुभयो ।
गोलन्जोरमा गठबन्धनलाई धक्का : कांग्रेस, माओवादी र एसका दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश
- प्रकाशित मिति: शनिबार, भाद्र ४ २०७९
- तामाकोशी