एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले जनप्रतिनिधि र एसईईका विद्यार्थीलाई सम्मान गर्ने

  • प्रकाशित मिति: बुधबार, साउन १८ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले एमालेबाट निर्वाचित जनप्रतिनिधि र माध्यामि शिक्षा परीक्षा एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । रामेछाप घर भै कामठमाडौंमा बसोबास गरिरहेका एसईई परीक्षा २०७८ मा उत्तिर्ण विद्यार्थी र गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट रामेछापका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र एसईई परीक्षामा उत्तिर्ण विद्यार्थी सम्मानका लागि मञ्चले यही साउन २१ गते शनिबार बिहान ११ बजे होटल ए वान प्यालेस शंखमुलमा बधाई, शुभकामना तथा सम्मान कार्यक्रम राखेको छ ।