रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भोली मंगलबार रामेछाप आउने भएका छन् । एमाले रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गर्ने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन उपमहासचिव ज्ञवाली रामेछाप आउने भएको एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले बताउनुभयो ।
एमाले रामेछापले भोली मंगलबार जिल्ला कमिटी, सल्लाहकार परिषदका सदस्यहरु, नगर तथा गाउँ कमिटी पदाधिकारीहरु, वडा कमिटीका अध्यक्ष, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्दैछ । कार्यक्रम न्यू जिएस होटल मन्थलीमा बिहान ११ बजेदेखि सुरु हुने एमाले रामेछापका उपसचिव कार्कीले बताउनुभयो ।