नवराज विक,
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले वडा अध्यक्षहरु आफ्नो हैसियतमा नबसे बहुमत र अल्पमतको खेल खेलाउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै प्रमुख प्रशासकीय अधिकृत लाम्गादेले यस्तो चेतावनी दिएका हुन् । उनले वडा अध्यक्ष भएर आफ्नो हैसियतमा बस्न आग्रह गर्दै आफ्नो हैसियतामा नबसे बहुमत र अल्पमतको खेल खेलाउने चेतवानी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत लाम्गादेले आफूले बहुमत र अल्पमतको खेल नखेलाउँ भन्ने सोचेको उल्लेख गर्दै वडा अध्यक्षले आफ्नो हैसियत बिर्सिएर अनावश्यक कुरा गर्दै हिँडेमा बहुमत र अल्पतमको खेल खेलाउन आपूm बाध्य हुने बताएका हुन् । कर्मचारीलाई आरोप लगाउन उपयुक्त नुहने बताउँदै प्रशासकीय अधिकृत लाम्गादेले वडा अध्यक्षलाई खरायोको खोरको कहानी नबिर्सिन समेत आग्रह गरेका छन् । उनले लेखेका छन् वडा अध्यक्ष भएर आफ्नो हैसियतमा बस्नु होला महाशय, कर्मचारीलाई आरोप लगाउन उपयुक्त छैन, खरायोको खारको कहानी बिर्सिए जस्तो छ, एक पटक सम्झिनु होला । बहुमत र अल्पमतको खेल नखेलाउँ भन्ने सोचेको तर यस्तै अनावश्यक कुरा गर्दै हिँडेमा खेल खेलाउन बाध्य पनि पर्न सक्छ । सामान्यतः कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार भनेको आफ्नो कार्यालय र अन्तर्गतका कार्यालयका कर्मचारीलाई काज खटाउने, विकास निर्माणका आयोजना प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने र कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त ढङ्गले प्रवाह गर्नु हो । तर, रामेछाप नगरकापालिकाको प्रमुख प्रशासकीय अधिकृत लाम्गादेले जनप्रतिनिधिलाई धम्क्याउँदै बहुमत र अल्पमतको खेल खेलाउनेसम्मको चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत वडा अध्यक्षलाई खरायोे खोेरको कहानी स्मरण गराएका छन् । उनको योे अभिव्यक्तिले नगरबाट सञ्चालन हुने आयोजनामा जनप्रतिनिधि र कर्मचारीबीचकोे मिलेमतोमा आर्थिक घोटाला भएको हुन सक्नेतर्फ पनि सङ्केत गरेको छ ।
यस्तो छ फेसबुक स्टाटस
