रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम कुशुमबोटकी ६५ वर्षिया सीतादेवी श्रेष्ठ ५० प्रतिशत अनुदानमा खेतबारी जोत्ने ट्याक्टर पाएपछि खुसी हुनुहुन्छ । यसअघि सीतादेवीलाई आधा पैसाँ तिरेपछि यस्तो सामाग्री पाइन्छ भन्ने कुरा थाहा थिएन । खुसी हुँदै श्रेष्ठले भन्नुभयो पहिला पहिला यस्तो सामान बारे केही पनि थाहा थिएन, तर अहिले आधा पैसा तिरेपछि खेतबारी जोत्ने ट्याक्टर, कुटानी पिसानी मिल, डिजिटल नापतौल तराजु, मकै छोडाउने मेशिन पाइने रहेछ ।
५० प्रतिशत अनुदानमा नाप तौल मेसिन र स्प्रे लिनुभएकी राकाथुमकै मधुमाया श्रेष्ठले तरकारीमा विषादी छिट्न र नापतौलको लागि सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो । कृषि व्यवसाय गरिसकेपछि जोख्नको लागि अरूकोमा माग्न जाँदा समस्या हुनेगरेको थियो, अब यो समस्या समाधन भयो उहाँले भन्नुभयो । अनुदानमा ट्याक्टर लिनुभएका रामकुमार श्रेष्ठले गोरु पाइन छाडेपछि खेतीको लागि ट्याक्टर लिएको बताउनुभयो ।
ट्याक्टरले बगैँचा भित्र पनि जोत्न सजिलो हुने भन्दै यसबाट कृषि कर्ममा सहज हुने उहाँले बताउनुभयो । गाउँका मान्छेले गोरु पाल्न छाड्दै गएका छन्, खेतबारी जोत्नका लागि गोरु नपाउँदा समस्या हुने गरेकोमा हाम्रा लागि यो ट्याक्टर प्रयोग निकै सहिजो भएको छ उहाँले भन्नुभयो । गोरुलाई वर्षभरी पाल्नुपर्ने, ट्याक्टरलाई डिजेल हाल्यो चलायो, फेरी गोरुले भन्दा ट्याक्टरले धेरै जोत्ने भएकाले यी प्रविधिले राकाथुमका किसानको दुःख घटाएको उहाँले बताउनुभयो ।
यसअघि राकाथुमका किसानलाई खेतबारी जोत्न गोरु नपाएर भौतारिनुपर्ने, थोरै अन्न पिन्न पनि दिनभर लगाएर घट्टा धाउँनुपर्ने र उत्पादित कृषि उपजहरु विक्रि गर्न परेमा तौल हेर्न नजिकैको पसलमा जानुपर्ने बाध्यता थियो । सीतादेवी, मधुममाया र रामकुमार जस्तैै राकाथुमका धेरै किसानलाई खाँडादवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामाग्री प्रदान गरेको छ ।
मकै पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले किसानको मागका आधारमा गाउँपालिकाले ८० हजार मूल्य पर्ने मिनी टिलर चार थान, २७ हजार मूल्य पर्ने पिसानी मिल २२ वटा, १२ हजार पाँच सय रुपियाँ मूल्य पर्ने डिजिटल नापतौल मेसिन २० वटा र १० हजार पाँच सय रुपियाँ मूल्य पर्ने मकै छोडाउने मेसिन २२ वटा ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो । खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र सृजनशील युवा समाजको सहजीकरणमा प्रभावकारी कृषि सहकारी संस्थाले खरिद गरेर ल्याएको ती सामाग्री किसानलाई प्रदान गरिएको गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं सहजीकरण गर्ने संस्था सृजनशील युवा समाज चिसापानीका अध्यक्ष भुवन श्रेष्ठले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले राकाथुमा कृषि उत्पादन वृद्धि, समयको बचत र किसानलाई आयआर्जनसँग जोड्न ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण प्रदान गरिएको बताउनुभयो । कृषिलाई निर्वाहमुखी होइन अब व्यवसायीक बनाउनुपर्छ, आयात घटाउन गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ, मागको आधारमा किसानलाई गाउँपालिकाले अझै आवश्यक सहयोग गर्दै जान्छ उहाँले भन्नुभयो ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????