रामेछापको लुभुघाटमा बस दुर्घटना : ९ जनाको मृत्यु, २६ जना घाइते

  • प्रकाशित मिति: मंगलबार, असार २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका –१ लुभुघाटमा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना महिला र पाँच जना पुरुषको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जनाकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनमा परी मृत्यु हुने सबैको सनाखत हुन बाँकी छ । दुर्घटनमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो ।