बिटार पार्कमा १९ लाख रुपैयाँ लागतमा नयाँ संरचना निर्माण

  • प्रकाशित मिति: सोमबार, असार १३ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्कमा १९ लाख रुपैयाँ भन्दा बढिको नयाँ संरचना बनाइएको छ । नयाँ संरचनाले पार्कको थप सुन्दरता बढाएको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले डिभिजन वन कार्यालय रामेछाप मार्फत १९ लाख रुपैया बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट संरचना निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सुनिलकुमार रायले बताउनुभयो ।उहाँका अनुसार पार्कमा दुई कोठे पक्की भवन, फुटपाथ, कम्पाउड घेराबार, बालबालिकाको खलौना राख्ने ट्रष्ट निर्माण गरिएको छ । त्यसैगरी दुई वटा ट्रष्टमा ब्लक बिछ्याइएको छ भने पर्खाल, रामेछापका सहयोगी मन द्वारा निर्माण गरिएका कलात्मक संरचना संरक्षणका लागि पाँच वटा स्टील रेलिङ, पार्कको बिचमा रहेको पोखरी ब्यब्स्थापन र फोहोरा राख्ने ठाउँ , १५ मिटर मेसेनरी पर्खाल, साना ठुला गरि ११ वटा चौतारा लगायतका संरचनाहरु निर्माण गरिएको छ ।

 



त्यसैगरी उक्त बजेटबाट एक सय गमलाको भाडा खरिद र पार्कमा रहेका प्रत्येक संरचनामा रङ्गरोगन लगायतको काम गरिएको अध्यक्ष रायले बताउनुभयो ।उक्त संरचना निर्माणका लागि १९ लाख बजेट बिनियोजन गरिएको भएता पनि जनश्रमदान सहित करिब २२ लाख रुपैयाँको काम भएको संरक्षण समितिका अध्यक्ष रायले बताउनुभयो । उहाँका अनुसार करिब दुई लाख ५५ हजारको जनश्रमदान रहेको बताउनुभयो ।