असार १० गते मन्थली नगरपालिकाको सेवा बन्द हुने

  • प्रकाशित मिति: बुधबार, असार ८ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले असार १० गते आफ्नो सेवा बन्द गर्ने भएको छ । असार १० गते शुक्रबार नगरपालिकाको ११ औँ नगरसभाका दिन सेवा बन्द गर्ने भएको हो । बुधबार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीलाराज पौडेलले एक सूचना प्रकाशन गरी सो दिन बिहान १० बजेदेखि नगरसभा हुने भएकाले सेवा बन्द हुने जानकारी गराउनुभएको छ ।

 



सूचनामा असार १० गते शुक्रबार बिहान १० बजे मन्थली नगरपालिकाको सभाहलमा ११ औँ नगरसभा आयोजना गरिएकाले यस नगरपालिका र नगरपालिका अन्र्तगतका वडा कार्यालयहरुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द हुने उल्लेख गरिएको छ ।