५० औँ विश्व वातावरण दिवस रामेछापमा विभिन्न कार्यक्रम गरि मनाइयो

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २३ २०७९
  • तामाकोशी

रामेछाप । ५० औँ विश्व वातावरण दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । वातावरण संरक्षण परियोजनाको आयोजना र मन्थली नगरपालिका र रामेछाप नगरपालिका सँगको समन्वयमा एक मात्र पृथ्वी भन्ने अन्तरास्ट्रिय मुल नाराका साथ सदरमुकाम मन्थलीमा आइतबार र्याली लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो ।
वातावरण संरक्षण सम्बन्धी सचेतनामूलक र्यालीले मन्थली बजारको परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि र्याली मन्थली स्थित सामुदायिक भबनमा पुगेर सभामा परिणत भएको थियो ।
सामुदायिक विकास समाजका कार्यकारी निर्देशक तथा वातावरण संरक्षण परियोजनाका व्यवस्थापक मिलन कुमार घिसिङको अध्यक्षतामा भएको कार्यक्रमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यता र रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी थापा कार्की , नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ मन्थली र रामेछाप नगरपालिकाका विभिन्न वडाहरुका वडा अध्यक्षहरु, तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बालक्लब, युवा क्लब ,महिला समूह, कृषक समूह, विभिन्न विद्यालयहरुको प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट वातावरण संरक्षणका क्षेत्रमा भुमिका निर्बाहलाई परियोजनाले वातावरण संरक्षण पुरस्कारबाट सम्मान पनि गरेको थियो । उक्त कार्यक्रममा नाष्टका प्राज्ञ बैज्ञानिक तथा रिसोर्सेज हिमालय फाउण्डेसनका माहासचिब डा. दिनेशराज भुजुले बिश्व वाताबरण दिबस को सुरूवात र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।