सिन्धुलीको खुर्काेटमा यातायात व्यवस्था कार्यालय सञ्चालन

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २१ २०७९
  • तामाकोशी

रामेछाप । वाग्मती प्रदेश सरकारले पहिलो पटक ग्रामिण भेगका जनतालाई घर गाँउमा नै सहज रुपमा सेवा दिन यातायात कार्यालयको शुभारम्भ गरेको छ । प्रदेश सरकार अन्र्तगत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहालको पहलमा सिन्धुलीको गोलन्जोर गाँउपालिका वडा नं ७ खुर्कोटमा यातायात व्यवस्था कार्यालयको उद्धघाटन गरि सेवा शुभारम्भ गरिएको हो । मन्त्री दाहालसहित मन्त्रालयका सचिव नेत्र सुवेदीसहितको टिम आफै पुगेर ना १ ज ६२४७ नम्बरको टाटा सोमु जीपका चालक ओमबहादुर खत्रीलाई पटके बाटो ईजाजत पत्र दिदै शुभारम्भ गरेका थिए । मध्य पहाडी लोकमार्गको नयाँ १० शहर मध्येको एक खुर्कोटमा सिन्धुलीसहित, रामेछाप, दोलखा, प्रदेश १ को ओखलढुगां, खोटागं, सोलोखुम्बु, भोजपुर र उदयपुरका स्थानियहरुलाई सहज सेवा दिने लक्ष्य लिई यहाँ नयाँ कार्यालय स्थापना गरेको मन्त्रालयका सचिव नेत्र सुवेदीले बताउनुभयो । नयाँ शहरमा आएर नयाँ सेवा सुरु गर्दा आफुहरु निकै खुसी रहेको बताउदै यसलाई प्रभावकारी ढंगबाट चलाउन सबै क्षेत्रले सहयोग सचिव सुवेदीले अपिल पनि गर्नुभयो । सो अवसरमा कार्यालयको उद्धघाटन गर्दै मन्त्री दाहालले सन्धुलीको गोलन्जोर गाँउपलिकाको सहकार्यले यहाँ कार्यालय सञ्चालन गर्न पाउदा निकै खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा चितवन, हेटौँडालाई स्तर बृद्धि गर्दै खुर्कोटमा पनि कार्यालय सुरु हुन एक महत्वपूर्ण उपलब्धीको रुपमा लिएको बताउनुभयो । यातायातको क्षेत्रलाई सुधार गरि नमुना बनाउने अभियानमा आफु खरो रुपमा उत्रिएको बताउदै उहाँले खुर्कोटबाट जनताको काममा छिटो भन्दा छिटो दिई, ढिलासुस्ती नगरि काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखि २ देखि ३ बर्ष कुर्ने बाध्यता हटाउदै १५ दिनमा लाईसेन्स बनाउने व्यवस्था गरेको उहाँले बताउनुभयो । मन्त्रालयले बनाएको मापदण्ड बनाई काम अगाडी १ बर्ष परिक्षण काल कायम राख्दै ५ बर्ष मात्र टायल चलाउने दिने बताउनुभयो । चितवनमा टायल सेन्टर चलाउने अन्तिम प्रक्रियामा रहेको बताउदै सिन्धुलीमा नयाँ टायल सेन्टर बनाएर यहि सेवा दिने उद्धघोष पनि गर्नुभयो । यातायात्र क्षेत्रमा वागमती प्रदेशलाई नमुना बनाउन हरेक खालका परिर्वतन गर्न मन्त्रालय कटिबद्धका साथ काम गरेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा सांसदद्धय लेकनाथ दाहाल (राजन) र प्रदिप कटुवालले मध्य पहाडी राजमार्ग जोडिएको सिन्धुली यातायात कार्यक्रम स्थापनाले जनताको अधिकार पुरा भएको बताउनुभयो । यातायात कार्यालय खुर्काेटबाट सिन्धुलीको महाभारत उत्तरी क्षेत्र सहित, रामेछाप , दोलखा , काभ्रे र प्रदेश १ ओखलढुंगा , खोटाङ , सोलुखुम्बु , भोजपुर र उदयपुरका नागरिक लाभान्वित हुनेछन् ।