रामेछाप । शेरबहादुर सुनुवार रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष हुनु भएका सुनुवार यस पटक पुनः सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । सुनुवार २०५४ को स्थानीय चुनावमा पनि एमालेबाटै गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । फेरि पाँच वर्षको लागि गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभएका सुनुवार अघिल्लो कार्यकालमा भौतिक पुर्वाधारमा धेरै काम गरेको बताउँदै यस पटक भने आर्थिक विकासको लागि काम गर्ने बताउनुहुन्छ । अघिल्लो कार्यकालयमा सडक लगायतका पुर्वाधारमा धेरै खर्च भएकोले अब तिनको व्यवस्थापन मात्र गर्ने उहाँले बताउनुभयो । अब नागरिकको आर्थिक विकासको लागि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जबसम्म आर्थिक रुपले नागरिक सम्पन्न हुँदैनन् तबसम्म अन्य पूर्वाधार त्यति कामयावि नहुने आफ्नो अनुभव उहाँले सुनाउनुभयो । गाउँपालिकामा रहेको सिप र क्षमतालाई प्रयाग गर्दै नागरिकको आर्थिक विकासमा अघि बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकका साना साना कुरालाई पनि गम्भीर रुपमा लिएर काम गर्ने उहाँको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अब नागरिकको आर्थिक विकासको लागि काम गर्छु : अध्यक्ष सनुवार
- प्रकाशित मिति: शनिबार, जेष्ठ ७ २०७९
- तामाकोशी