मन्थली नगरपालिका–५ को वडा अध्यक्षमा एकीकृत समाजवादीका कार्की विजयी

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको वडा अध्यक्ष जितेर एकीकृत समाजवादीले खाता खोलेको हो । नेकपा एमालेका उम्मेदवार गणेश कार्कीलाई २५ मतले हराउँदै एकीकृत समाजवादीका नवीन कार्की सुनारपानीको वडा अध्यक्षमा विजयी हुनुभएको छ । कार्कीले ४४४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कार्कीले ४१९ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा सुनारपानीको वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको थियो ।