रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र लिखुतामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं १ मा वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा एमालेका ङावातिण्डु शेर्पा सहित प्यानल नै निर्वाचित हुनुभएको छ । यस्तै लिखुतामाकोसी गाउपालिका १ दुरागाउँमा पनि नेकपा एमालेको प्यानलनै सहित विजय भएको छ । काँग्रेसका उम्मेदवारलाई हराउँदै वडा अध्यक्षमा प्रदिप कुमार तामाङ बिजयी हुनुभएको छ । यस्तै, सदस्यहरुमो एमालेका ध्रुव कार्की, विमल सुनुवार, खिट कुमारी थापा र शर्मिला खुट्टे बिजयी हुनुभएको छ ।
रामेछापको लिखुतामाकोसी गाउँपालिका–१ मा एमालेको प्यानलनै बिजयी
- प्रकाशित मिति: आइतबार, जेष्ठ १ २०७९
- तामाकोशी